धनुषा, २३ भदौ
जिल्लामा पार्टीले आधिकारिक उम्मेदवार नबनाएपछि कांग्रेस, एमाले, राजपा र माओवादी केन्द्रका दर्जन भन्दा बढी नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । "/>

पार्टीले उम्मेदवार नबनाएपछि बागीमा उमेद्वार

पार्टीले उम्मेदवार नबनाएपछि बागीमा उमेद्वार

केन्द्रबिन्दु
0
Shares

धनुषा, २३ भदौ
जिल्लामा पार्टीले आधिकारिक उम्मेदवार नबनाएपछि कांग्रेस, एमाले, राजपा र माओवादी केन्द्रका दर्जन भन्दा बढी नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जनक नन्दनी गाउँपालिका अध्यक्षमा कांग्रेस संगठित सदस्य सुनील मण्डलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका रामदिनेश पजियारले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

कमला नगरपालिकामा माओवादी केन्द्रका कुलदीप मोरवैता यादव तथा मिथिलाविहारी नगरपालिकामा माओवादी केन्द्रकै रामबाबु साहले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए । मुखियापट्टी मुसरनिया गाउँपालिकामा कांग्रेसका विश्वनाथ यादवले उम्मेदवारी दिएका छन् । हंसपुर नगरपालिकामा एमालेका सूर्या कापरले र कांग्रेसका भरोसी मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुर उपमहानगरका २५ मध्ये ५ वडामा एमाले पार्टी सम्बद्ध नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । नगराइन, सहिदनगर र मिथिलाविहारी नगरपालिकामा पनि एमाले सम्बद्ध स्थानीय नेताले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गणेशमान चारनाथ नगरपालिकामा एमाले नेता पुरुषोत्तम लामाको नेतृत्वमा उपमेयरसहित सम्पूर्ण वडामा जनमुक्ति पार्टीको टिकटमा उम्मेदवारी दर्ता गराइएको छ । असन्तुष्ट रहेका नेताहरुले बागिमा उमेद्वारी दिएका हुन् ।
कान्तिपुरबाट

 

 

Logo