रौतहट, २३ भदौ
जिल्लाको फतुवा विजयपुर नगरपालिकामा मनोनयन दर्ताको लागि बुझाइएको एक जना उम्मेदवारको फाइल नै गायव भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्न फाइल बुझाएका प्रमोद पासवानको फाइल नै गायब भएपछि निर्वाचनको प्रक्रिया अवरुद्ध भएको हो। घटना पछि माओवादी कार्यकर्ताहरुले विजयपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले आफूले पनि फतुवा विजयपुरमा एकजना उम्मेदवारको मनोनयन दर्ताको लागि दिएको फाइल हराएको विषयमा सुनेको र निर्वाचन अधिकृतलाई फोन गरेर फाइल खोज्न निर्देशन दिएको बताएका छन् ।
नागरिकबाट































प्रतिक्रिया