प्रधानमन्त्रीको प्रत्यक्ष चुनावको व्यवस्था हुनुपर्ने राप्रपा लोहनीको माग

प्रधानमन्त्रीको प्रत्यक्ष चुनावको व्यवस्था हुनुपर्ने राप्रपा लोहनीको माग

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० भदौ ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्न प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव गर्ने व्यवस्था हुनुपर्ने बताएका छन् ।

पार्टीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा डा लोहनीले अहिलेको समानुपातिक व्यवस्थाबाट स्थायी सरकारको सम्भावना कम रहेको बताउँदै प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदानका आधारमा हुनुपर्ने बताए ।

माथिल्लो सदनमा मुलुकका सबै जाति र समुदायको प्रतिनिधित्व जनसङ्ख्याको अनुपातमा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले भने, “राज्यको विभिन्न तहमा भागबण्डाका आधारमा पद बाँड्ने प्रवृत्तिको विकास भएको छ, यसले भ्रष्टाचार मौलाएको छ, प्रतिस्पर्धाका आधारमा सक्षम व्यक्तिलाई उचित स्थान दिनुपर्छ ।”

भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग गर्नपर्नेलगायत माग गरी पार्टीले सरकारलाई दबाब दिने उद्देश्यले यही भदौ २१ देखि २३ गतेसम्म काठमाडौँ उपत्यकामा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

कार्यक्रम अन्तर्गत भदौ २१ गते राजधानीका विभिन्न स्थानमा कोण सभा गर्ने, २२ गते कोटेश्वरमा बृहत मोटरसाइकल र्‍याली गर्ने, २३ गते बबरमहलदेखि र्‍याली निकालेर नयाँ वानेश्वरमा पुगेर कोणसभामा परिणत र असोज २ गते हुने प्रदेश नम्बर २ स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने जनाइएको छ ।

लोहनी राप्रपाले राष्ट्रध्यक्षको रुपमा राजसंस्था हुनुपर्ने माग पनि गरेको छ ।

Skip This
Skip This
Logo