निजगढ, १९ भदौ
नेपाली सेनाले भारतीय कम्पनीको गुरुयोजना अनुसार नै काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माण गर्ने भएको छ ।
भारतीय कम्पनी आइएल एन्ड एफ एसले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार नै द्रुतमार्ग निर्माणकार्य अघि बढाउन लागिएको सेनाले जनाएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र डीपीआर निर्माण गर्ने भारतीय कम्पनीका प्रतिनिधिसँग पनि छलफल गरेको सेनाले जनाएको छ । डीपीआर प्रयोग गरे बापत सेनाले १ अर्ब रुपैयाँ भन्दा बढी रकम भारतीय कम्पनीलाई दिने छ । यसबारे सेनाले औपचारिक धारणा भने बाहिर ल्याएको छैन । उच्च स्रोतका अनुसार भारतीय कम्पनीले निर्माण ठेक्का नपाएपछि डीपीआर बनाउदा लागेको खर्चमा उच्च मोलमोलाई गरेको थियो ।
कारोबारबाट





























प्रतिक्रिया