ताप्लेजुङ, १९ भदौ
पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा व्यावसायिक रूपमा उत्पादन भइरहेको जडीबुटी चिराइतोको कारोबार ठप्प भएको छ । उत्पादन शुरू भइसक्दा पनि कारोबार नहुँदा कृषक समस्यामा छन्। मुख्य बजार भारतले चिराइतोको विकल्प खोजेको र नेपालबाट जाने चिराइतोको गुणस्तर खस्केकाले समस्या भएको व्यवसायीहरू बताउँछन्। भारतमा निकासा रोकिएपछि चीनतर्फ केही कारोबार भए पनि अहिले चीनमा पनि बिक्री ठप्प भएको ताप्लेजुङका व्यवसायीहरूले बताएका छन् ।
चीनमा बिक्रीका लागि लगिएको चिराइतो किन्न चिनियाँ व्यापारी नआउँदा सबै चिराइतो ओलाङचुङ्गोलामा थन्किएको स्थानीय व्यापारी छेतेन शेर्पाले बताए । मुख्य बजार चीन र भारतमा व्यापार रोकिएपछि बंगलादेश निर्यात बढाउन पनि पहल भइरहे पनि निर्यात हुने सम्भावना कम रहेको व्यापारीहरूको भनाइ छ। चिराइतो भारत र चीन लगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधीय प्रयोगका लागि जाने गरेको छ। महत्त्वपूर्ण जडीबुटी मानिए पनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा छन्।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया