सल्यान । सल्यानमा भे १ त ८३१४ ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।
सल्लीबजारबाट जाजरकोटको कुशे गाउँपालिका – ६ तर्फ जाँदै गरेको ट्याक्टर जाजरकोटस्थित छेडागाड नगरपालिका- १० को धारामा दुर्घटना हुँदा कुशे- ६ का २४ वर्षीय सहचालक रामबहादुर सिंहको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
सल्ली बजारबाट स्थानीय उपभोक्ता समितिमार्फत निर्माण भइरहेको सडक निर्माण कार्यमा डोजरका लागि चाहिने डिजेल बोकेर गएको ट्याक्टर आज बिहान दुर्घटनामा परेको हो।































प्रतिक्रिया