काठमाडौं १९, भदौ
जन्मँदै दुई हात नभएकी तर १० हजार फिट माथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई नेपालमा सम्मान गरिएको छ ।
नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट) ले उक्त सम्मान गरेको हो । उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभा सहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको छ । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन् । अमेरिकन तेक्वान्दो एशोसिएशनकी ब्ल्याक बेल्ट समेत रहेकी जेसिकाको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन् ।
चौध वर्षको उमेरदेखि कृत्रिम हातको सहारा छाडेकी जेसिकासँग खुट्टाले गाडी चलाउने, प्रतिमिनेट २५ शव्द टाइप गर्ने क्षमता छ । सन् २००५ मा विमान उडाउन शुरु गरेकी उनले सन् २००८ मा पाइलटको लाइसेन्स पाएकी थिइन । जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको विमान चालक विजय लामाले बताए । रासस





























प्रतिक्रिया