सन्धिखर्क, १९, भदौ
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १२ बांगलाको जर्रे खोलामा बालबालिकालाई छाडेर बाबुआमा हिँडेपछि तीन बालबालिका वेवारिसे बनेका छन्। मालारानी गाउँपालिका हंशपुरमा घर भइ कामको सिलसिलामा डिभर्ना र ठूलापोखराको बीचमा पर्ने जरेखोलामा गिट्टी बालुवा तथा अन्य काम गरी जिबिका चलाइरहेका एक दम्पतीका तीन बच्चा अभिभावक बिहिन भएका हुन्।
दुई बर्षीया बालिका, चार र ६ बर्षका बालक छाडेर आमा अर्कै पुरुषसँग विवाह गरी गएकाले बालबालिका अलपत्र परेका हुन्। आमाले बिचल्ली पारेर गएको दुई महिना जति बुबाले पालनपोषण गरेका थिए। छोराछोरीको जिम्मेवारीबाट बुबा पनि पन्छिएर हिँडेपछि बालबालिकाका बेवारिसे भएको सन्धिखर्क नगरपालिकाका १२ का वडा अध्यक्ष नारायण खड्काले बताए।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया