जनकपुरधाम १९, भदौ
तेस्रो चरण अन्र्तगत असोज २ गतेको निर्धारित दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि गृहमन्त्रालयको सुरक्षा गोष्ठी जनकपुरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा गृहमन्त्री जनार्दन शर्माले दुई नम्बर प्रदेशमा स्थानीय निकायको निर्वाचनका लागि गृहमन्त्रालय मातहतका सम्पूर्ण सुरक्षा निकाय पूर्ण रूपमा तयार भएको बताएका छन् ।
दुई चरणका निर्वाचन सम्पन्न गराउन सफल सुरक्षा निकाय सामु तेस्रो चरणको निर्वाचनमा प्राकृतिक विपदले केही समस्या ल्याए पनि सुरक्षाको विषयमा पूर्ण रूपमा तयार रहेको बताए । मन्त्री शर्माले भने, ‘गृहमन्त्रालयका लागि अहिलेको चुनाव सम्पन्न गर्नु पहिलो प्राथमिकता हो । मंसिर ११ तथा २१ गते प्रदेश सभाको निर्वाचनको मिति तय भइसकेको अवस्थामा त्यसको पनि तयारीमा लागेका छौं ।’ उनले भने, ‘यो वर्ष निर्वाचन वर्षका रूपमा आएको छ । संविधान कार्यान्वयन गर्न निरन्तर निर्वाचन पछि निर्वाचन हुनेछन् । यी सबै चुनावलाई शान्त, सुव्यवस्थित र निश्पक्ष बनाउन सुरक्षा निकाय प्रतिबद्ध छ ।’
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया