काठमाडौं, १७, भदौ
सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको छ ।
एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो । सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उद्देश्यका साथ इन्टरनेट सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको छ । एभरेस्ट लिंकका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले सन् २००२ बाटै सगरमाथा शिविरमा इन्टरनेट सेवा विस्तारका लागि अध्ययन सुरू गरेको बताए । ‘१५ वर्षअघिदेखि इन्टरनेटको विषयमा अध्ययन गरे पनि २०१४ बाट काम सुरु गरेको हो । काम सुरुको चार वर्षमा इन्टरनेट सेवा सञ्चालन गरेका हौं,’ उनले भने, ‘इन्टरनेट सेवाबाट स्थानीय, पर्वतारोही पर्यटक, होटल व्यवसायीको साथै पोर्टरलाई सजिलो भएको छ ।’
नागरिकबाट































प्रतिक्रिया