काठमाडौं, १७, भदौ
सरकारले तत्काल उद्योगधन्दामा विद्युतको महसुल नबढाउने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महसुल नबढ्ने बताएका हुन् ।
नेपाल उद्योग परिसंघका केन्द्रीय पदाधिकारीसँगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महसुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने बताउँदै महसुल वृद्धि गर्ने निर्णय आफूले रोकेको बताए । उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागी विद्युत् उत्पादनमा तीव्रता दिनुपर्ने मन्त्री शाहीको भनाइ थियो । उद्योग परिसंघका पदाधिकारीले औद्योगिक क्षेत्रमा विद्युतको महसुल बढाइए उद्योगधन्दा धराशायी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । उद्योगहरूमा ६६ प्रतिशतसम्म विद्युत् महसुल वृद्धि गर्ने प्रस्ताव गरिएको छ ।
राजधानीबाट































प्रतिक्रिया