लाहान, १७, भदौ
स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताको समय नजिक हुँदा सिरहामा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेका छन् । "/>

दलहरुले टेरेनन् आचार संहिता

दलहरुले टेरेनन् आचार संहिता

केन्द्रबिन्दु
0
Shares

लाहान, १७, भदौ
स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताको समय नजिक हुँदा सिरहामा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेका छन् ।
विभिन्न ठाउँमा निर्वाचन आचारसंहिता उल्लंघन गरी प्रचार सामग्री राखिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिता अनुसार प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले कुनै पनि निर्वाचन अंकित चिह्न भएको झन्डा सार्वजनिक ठाउँमा झुन्ड्याउन पाइँदैन ।
तर सिरहाका विभिन्न स्थानमा झन्डा, व्यानर लगायत सामग्री राखिएका छन् । निर्वाचन चिह्न अंकित टिसर्ट, टोपी लगाउन नपाउने व्यवस्था छ । लहान, धनगढी, गोलबजार, सिरहा नगरपालिका लगायतका बजारका सार्वजनिक ठाउँमा दलहरूले झन्डा राख्ने प्रतिस्पर्धा नै गरेका छन् । निवार्चन चिह्न अंकित टिसर्ट र टोपीको पनि व्यापक प्रयोग भएको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo