काठमाडौं ९ भदौ
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारत बीच ८ समझदारी पत्रमा हस्ताक्षर भएको छ। "/>

नेपाल–भारत ८ समझदारीपत्रमा हस्ताक्षर

नेपाल–भारत ८ समझदारीपत्रमा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ९ भदौ
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारत बीच ८ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा वार्ता भए लगत्तै दुवै जनाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी भएका मध्ये चार विषय भूकम्प पछिको पुनःनिर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन्। एउटा सम्झौता ५० हजार घर पुनःनिर्माणसँग सम्बन्धित छ। भूकम्प प्रभावित क्षेत्रको शिक्षा र सांस्कृतिक सम्पदा पुनःनिर्माणबारे पनि समझदारी भएको छ। यो सम्झौतासँगै आगामी हिउँदमा भारतबाट थप एक सय मेगावाट विद्युत् थपिनेछ। ती अन्तरदेशीय प्रसारण लाइन मार्फत नेपालले भारतबाट थप ५० ५० मेगावाट विद्युत् आयात गर्नेछ । हस्ताक्षर कार्यक्रमसँगै दुवै देशका प्रधानमन्त्रीले रक्सोल–परवानीपुर र कुशाहा—कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्‌घाटन गरे। हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर ती प्रसारण लाइनको उद्‌घाटन गरेका हुन्।

नागरिकबाट

Skip This
Skip This
Logo