बर्दिया भदौ ८ ,
विगत एक साता भन्दा अघि देखि बबई नदीमा आएको भीषण बाढीबाट बर्दियामा करोडौं मूल्यको पशुधनको क्षति भएको छ । "/>

करोडौंको पशुधन क्षति

करोडौंको पशुधन क्षति

केन्द्रबिन्दु
0
Shares

बर्दिया भदौ ८ ,
विगत एक साता भन्दा अघि देखि बबई नदीमा आएको भीषण बाढीबाट बर्दियामा करोडौं मूल्यको पशुधनको क्षति भएको छ । बाढीका कारण कुखुरा, गाई, बाख्रा लगायत पशुपन्छीका साथै पशुआहारा नष्ट भएपछि करोडौं रुपैयाँ क्षति पुगेको हो । बर्दियामा बाढीका कारण चार करोड नौ लाख रुपैयाँ बराबरको पशुधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला पशुसेवा कार्यालय बर्दियाका निमित्त प्रमुख डा. प्रेमकुमार मण्डलले बताए । उनका अनुशार तथ्यांक लिने काम भइरहेकाले क्षति अझै बढ्न सक्छ ।
सडकका कारणले तथ्यांक लिन कठिनाइ भएको छ । यसका लागि एक साता अझै लाग्न सक्छ । वास्तविक तथ्यांक आएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयबाट क्षतिको प्रमाणीकरण पश्चात क्षतिपूर्ति उपलब्ध गराउने कार्यालयले जनाएको छ ।
जिल्ला पशुसेवा कार्यालय बर्दियाको तथ्यांक अनुसार बर्दियामा लेयर्स कुखुरा दुई हजार ५६०, ब्रोइलर १० हजार २०३ र स्थानीय जातका एक हजार ६०७ वटा गरी १४ हजार ३७० कुखुरामा क्षति पुगको छ । त्यस्तै गाईगोरु १२, भैंसीराँगा २१, भेडाबाख्रा एक सय १ र बंगुर एक सय ३५ गोटा गरी दुई सय ६९ वटा पशुधनको क्षति भएको बताइएको छ ।

Logo