पोखरा, ८ भदौ
पोखरा उद्योग वाणिज्य संघले स्थापना गरेको ‘बाढीपीडित राहत कोष’ मा बुधबार सम्म आठ लाख ५० हजार ८६५ संकलन भएको छ । "/>

बाढीपीडित राहत कोषमा आठलाख

बाढीपीडित राहत कोषमा आठलाख

केन्द्रबिन्दु
0
Shares

पोखरा, ८ भदौ
पोखरा उद्योग वाणिज्य संघले स्थापना गरेको ‘बाढीपीडित राहत कोष’ मा बुधबार सम्म आठ लाख ५० हजार ८६५ संकलन भएको छ ।

गत साउन ३० गते संघले एक लाख ५८ हजार राखी शुरु गरेको राहतकोषमा नेपाल युवा उद्यमी मञ्च पोखराले दुई लाख सहयोग गरेको छ । मञ्चका अध्यक्ष ज्ञानेश्वरलाल श्रेष्ठले बुधबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष विश्वशंकर पालिखेलाई उक्त रकम हस्तान्तरण गरे । त्यस्तै, कोषमा संघको महिला उद्यमी विकास उप–समितिका तर्फबाट संयोजक सीता बरालले ५० हजार सहयोग गरेकी छिन्। यसअघि कोषमा ओम डेभलपमेन्ट बैंकले एक लाख ५० हजार, गण्डकी जग्गा आवास विकास संघले एक लाख, गीता मन्दिर योग समितिले ३० हजार ८ सय, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले ३० हजार सहयोग गरेको संघका अध्यक्ष पालिखेले बताए । रासस

Skip This
Skip This
Logo