भदौ, ८ काठमाडौं
आज हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज हो । यस दिन महिलाहरु ब्रत बस्दै शिव मन्दिरहरुमा गएर नाचगान गर्ने र पूजाआजा गर्ने परम्परा छ । पानी पनि नपिई ब्रत बसे पतिको आयू वढ्ने पुरानो मान्यतालाई तीजले अहिले सम्म कायम राखेको छ । यद्यपी यो गलत भएको र स्वास्थ्यको ख्याल गरेर मात्र ब्रत बस्नु पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । जे भए पनि तीजको साँस्कृतिक पक्ष भने निकै ठूलो रहेको छ ।
यसै वीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना दिंदै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताएकी छिन् । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना दिदैं राष्ट्रपतिले मुलुकका राजनीतिक परिवर्तनसँगै महिलाहरुका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको तथा हालै सम्पन्न र हुन गइरहेको स्थानीय तहको निर्वाचनले जगैदेखि महिला नेतृ स्थापित गर्ने काम गरेको उल्लेख गरिएको छ ।
“यस नेतृत्वलाई परिपक्व ढंगले आफ्नो कर्तव्यलाई बहन गर्न महिलाहरु लाग्नुपर्छ ।” सन्देशमा भनिएको छ, “अबको यात्रा भनेको आर्थिक समुन्नति तर्फ देशलाई डो¥याउनु हो । यसका लागि हाम्रा महत्वपूर्ण चार्डपर्वले पनि यही सन्देश दिन सकुन् ।” रासस































प्रतिक्रिया