भदौ ८ , काठमाडौं

नेताहरूको अनियन्त्रित विदेश भ्रमण मोहले पार्टीमा अराजकता मौलाएको निष्कर्ष निकाल्दै एमालेले अब देखि केन्द्रीय अध्यक्षको जानकारी विना कुनै पनि नेता भ्रमणमा जान नपाउने निर्णय गरेको छ । "/>

एमालेले आफ्ना नेताहरुको अनियन्त्रित विदेश भ्रमण रोक्ने

एमालेले आफ्ना नेताहरुको अनियन्त्रित विदेश भ्रमण रोक्ने

केन्द्रबिन्दु
0
Shares

भदौ ८ , काठमाडौं

नेताहरूको अनियन्त्रित विदेश भ्रमण मोहले पार्टीमा अराजकता मौलाएको निष्कर्ष निकाल्दै एमालेले अब देखि केन्द्रीय अध्यक्षको जानकारी विना कुनै पनि नेता भ्रमणमा जान नपाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय बसेको स्थायी समिति बैठकले पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष केपी ओलीको जानकारी विना कुनै पनि नेता विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको हो ।गत असार यता वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल सहित एक दर्जन बढी पदाधिकारी तथा केन्द्रीय तहका नेताले विभिन्न देशको भ्रमण गरेका छन् । तर, ती मध्ये अधिकांशले पार्टी अध्यक्ष, विदेश विभाग प्रमुख र केन्द्रीय कार्यालयलाई जानकारी नै नदिएको पाइएपछि कडा निर्णय गर्नुपरेको स्थायी समितिका एक सदस्यले बताए । ‘पार्टीका नेताहरूको विदेश भ्रमण मोह अनियन्त्रित र मनपरी ढंगले अघि बढेको देखियो, ठूलो पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय तहका नेताहरूको भ्रमण दुई पार्टी बीच मात्रै होइन, दुई देश बीचको सम्बन्धसँग पनि जोडिएको हुन्छ,’ ती सदस्यले भने, ‘तर, भ्रमणबारे पार्टी नै बेखबर हुने, स्थायी समितिमा भ्रमणका उपलब्धिबारे प्रतिवेदन पनि नबुझाउने स्थितिले पार्टीमा अराजकता मौलायो । त्यसकारण संस्थागत पद्धति र मर्यादा कायम राख्न पनि कडाइसाथ निर्णय गरिएको हो ।’
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo