भदौ ७ काठमाडौं
चार्डपर्वलाई लक्षित गरि सरकारले आम उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।
नजिकिंदै गरेका दसैं , तिहार र छठ पर्वलाई लक्षित गरी देशका विभिन्न स्थानमा भदौ १६ गते देखि कात्तिक ९ गतेसम्म यस्ता पसल सञ्चालन गरिनेछ । यस्ता पसलबाट बजार मूल्यभन्दा केही सस्तो मूल्यमा उपभोक्तालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराइने आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए। चाडबाडको समयमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले यो वर्ष पनि उपभोग्य वस्तुमा छुट दिएर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरिएको राईले बताए।
यस वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उनको भनाइ छ।
नेसनल ट्रेडिङ लिमिटेड घाटामा गएकाले यो वर्ष सुपथ मूल्य पसलमा सहभागिता जनाएको छैन। प्रतिकिलो चिनीमा पाँच र नुनमा दुई रुपैयाँ छुट दिने व्यवस्था गरेको छ। यस्तै मैदा, सुजी, दाल र तेलमा पनि थोरै भए पनि बजारभन्दा सस्तो मूल्यमा बिक्री गर्ने जनाएको छ। खाद्य संस्थानले प्रतिकिलो चामलमा १० र मोटा चामलमा पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ। संस्थानले प्रतिकिलो फापरको पीठो र कर्णालीको सिमीमा पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ। खाद्य संस्थानले खसीबोकाको खरिदमा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाएको छ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया