भदौ ७ , नेपालगन्ज

सक्कली भन्दै नक्कली सुनको गहना बिक्री गर्दै ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले नेपालगन्जको एक होटलबाट पक्राउ गरेको छ । "/>

नक्कली सुन बेच्ने पक्राउ

नक्कली सुन बेच्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

भदौ ७ , नेपालगन्ज

सक्कली भन्दै नक्कली सुनको गहना बिक्री गर्दै ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले नेपालगन्जको एक होटलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले ठगीको आरोपमा पक्राउ परेका तीनै जनालाई मंगलबार सार्वजनिक गरेको छ । सो आरोपमा पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसेका कृष्णलाल श्रेष्ठ, जाजरकोट सक्लाका पूर्णबहादुर विक र बाँके राप्ती सोनारीका मंगलप्रसाद थारू रहेका छन् ।

पक्राउ परेका तीनै आरोपितलाई प्रहरीले गत ३ भदौमा नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित होटल रोयल प्यालेसबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । ‘नक्कली सुनलाई सक्कली भनेर बिक्री गरिँदै छ भन्ने सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान ब्युरोको समूह र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले अभियुक्तहरूलाई पक्राउ गरेको हो,’ उनले भने । उनीहरूको साथबाट सुनको जस्तो लेप लगाएको पहेंलो धातु २ किलो ३ सय ५ ग्राम फेला परेको जानकारी दिँदै प्रउ तामाङले भने, ‘सो फेला परेको धातु हेर्दा सुन नभएको प्रमाणित भएको छ ।’ पर्वको अवसर पारेर बिक्री गर्ने उद्देश्यले सो नक्कली सुन काठमाडौंबाट नेपालगन्ज ल्याइएको पाइएको प्रहरीले दाबी गरेको छ । ‘उनीहरूले यसअघि बिक्री नै गरे नगरेकोबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी उपरीक्षक तामाङले भने, ‘पीडित कोही छन् भने प्रहरीलाई खबर गर्न आग्रह गरेका छौं ।’ प्रहरीका अनुसार काठमाडौं लगायत मुलुकका ठूला सहरहरूमा नक्कली सुन जस्तो धातुलाई सुन भनेर बिक्री गरिएका घटना देखिएको भए पनि नेपालगन्जमा भने पहिलोपटक देखिएको हो ।
राजधानीबाट

Logo