पर्सा, ७ भदौ ।
बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पर्साको मिर्जापुर, जयमंगलापुर र सम्भौता गाउँमा मंगलबार गृह मन्त्रालयले पठाएको राहत सामग्री वितरण गरियो । "/>

पर्साका आठसय परिवारलाई राहत वितरण

पर्साका आठसय परिवारलाई राहत वितरण

केन्द्रबिन्दु
0
Shares

पर्सा, ७ भदौ ।
बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पर्साको मिर्जापुर, जयमंगलापुर र सम्भौता गाउँमा मंगलबार गृह मन्त्रालयले पठाएको राहत सामग्री वितरण गरियो ।

बाढीबाट प्रभावित भएका तीन गाउँका ८ सय परिवारलाई गृह मन्त्रालयले पठाएको राहत सामग्री नेपाल रेडक्रश सोसाइटी पर्साले वितरण गरेको हो । बाढीबाट प्रभावित रहेका पर्साको सम्भौतामा ३०० परिवारलाई, जयमंगलापुर र मिर्जापुरमा २५०/२५० परिवारलाई पूर्ण राहत सामग्रीको प्याकेट वितरण गरिएको छ । “साउन २६ गतेदेखि भएको डुबानमा सबैभन्दा बढी प्रभावित मिर्जापुर, जयमंगलापुर र सम्भौता गाउँ थिए । तीनवटै गाउँमा आउने जाने सडक बाढीले बगाएपछि सम्पर्कविहीन भएकाले डुबान भएको चौथो दिनमात्र स्थानीय प्रहरी, प्रशासन तथा विभिन्न संघसंस्थाले उद्धार र राहत कार्य शुरु गरेका हुन्”

तीनवटै गाउँमा हाल पनि आउने जाने सडक नभएकाले राहत सामग्री वितरण गर्ने संघसंस्था पुग्न नसक्दा सो क्षेत्रका बासिन्दा राहत तथा उद्धारबाट प्रभावित हुँदै आएको थियो ।गृह मन्त्रालयले पठाएको प्याकेटमा चामल, चाउचाउ, त्रिपाल, कम्बल, बच्चाको कपडा, भाँडाको सेट, चिउरा, दालमोठ, साबुन, पानी सफा गर्ने औषधि, जीवन जल, सेनेटरी प्याड, महिलाको लुगा लगायतका समान रहेको नेपाल रेडक्रश सोसाइटी पर्साका अध्यक्ष फुल महम्मद मियाँले जानकारी दिए ।साउन २६ गतेदेखि ३० गतेसम्म लगातार परेको चार दिनसम्मको अविरल वर्षाका कारण पर्साको मिर्जापुर गाउँमा ५० घरमा पूर्णरुपमा क्षति पुग्नुका साथै २०० घरमा आंशिक क्षति पुगेको छ भने जयमंगलापुर गाउँमा ५० घर पूर्णरुपमा क्षति हुनुका साथै २५० घरमा आंशिक क्षति र सम्भौता गाउँमा रहेका ५० घर पूर्ण क्षति हुनुका साथै २०० घरमा आंशिक क्षति भएको रेडक्रश पर्साले जनाएको छ । रासस

Logo