भाद्र ७, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपे गरेसँगै वर्तमान सरकारको मन्त्रीमण्डल ५० सदस्यीय बनेको छ । हिजो थप मध्ये काँग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री छन् । थपिएका सबैले मंगलबारै प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका छन् । ०५२ मा ४८ सदस्यीय मन्त्रिपरिषद् बनाएर आलोचित देउवाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको रेकर्डसमेत तोडेका छन् । भट्टराईले देउवाको ०५२ सालको रेकर्ड तोडदै ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । राप्रपा र साना दलका लागि आफूसँग राखेका तीन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिँदा देउवा मन्त्रिपरिषद् ५५ सदस्यीय भन्दा ठूलो हुने संकेत देखिएको छ । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । यसरी सरकार टिकाउनकै लागि विभिन्न साना दलहरुलाई राज्यमन्त्री भागवण्डा दिंदा राज्यकोषमा आर्थिकभार भने वढ्ने गरेको छ ।
राज्यमन्त्रीको तलब मासिक ६० हजार रुपैयाँ छ । पुल्चोकस्थित मन्त्री निवासभित्र १९ वटामात्र आवास छन् । यी आवासमा नअटाउने मन्त्री र राज्यमन्त्रीका लागि सहरी विकास मन्त्रालयले घर भाडामा खोजिदिएर राखिदिने गरेको छ । सरकारले भाडाबापत मन्त्रीलाई मासिक ५० हजार र राज्यमन्त्रीलाई ४० हजार रुपैयाँ दिने गरेको छ । सहरी विकास मन्त्रालयले मन्त्रीहरूलाई भाडाको घरमा फर्निसिङका लागि एकमुष्ट २ लाख रुपैयाँ दिनुका साथै सुरक्षा पोस्ट र गार्ड घरसमेत निर्माण गरिदिने गरेको छ ।
कान्तिपुरबाट





























प्रतिक्रिया