भदौ ७, विराटनगर
सधैं मागेर गुजारा चलाउँदै आएका एक ‘भिखारी’को घरको भग्नावशेष पन्छाउँदा ३ लाख भन्दा बढी रकम भेटिएको छ । "/>

भिखारीको घरमा ३ लाख !

भिखारीको घरमा ३ लाख !

केन्द्रबिन्दु
0
Shares

भदौ ७, विराटनगर
सधैं मागेर गुजारा चलाउँदै आएका एक ‘भिखारी’को घरको भग्नावशेष पन्छाउँदा ३ लाख भन्दा बढी रकम भेटिएको छ । विभिन्न मन्दिरमा बसेर बिहानदेखि माग्दै हिँड्ने व्यक्तिको घरमा भेटिएको रकमले निकै चर्चा पाएको छ । विराटनगर महानगरपालिका ७ स्थित सिंघिया खोला किनारमा बस्ने ती भिखारीको घरको भग्नावशेष हटाउँदा आइतबार बोरामा राखिएको नगद फेला परेको हो । विराटनगर ७ सरस्वती टोलनजिक सिंघिया खोला किनारमा सानो टहरोमा बस्ने महेश मण्डलको घरबाट ३ लाख १५ हजार रुपैयाँ फेला परेको हो ।

६५ वर्षीय मण्डल घर बाढीले भत्काएपछि विस्थापित भए । सधैं बिहानै भीख माग्न हिँड्ने मण्डलले पानीको सतह घटेपछिको समय भने घरको रेखदेखमा नै बिताए । उनले न त उद्धार गर्न पुग्नेहरूलाई घरको भग्नावशेष पन्छाउन नै दिए । कारण थियो बोरामा राखेको पैसा । नेपाली सेनासहितको टोलीलाई भने घरमा पैसा रहेको र त्यो सुरक्षित राख्ने सर्तमा मात्रै भग्नावशेष पन्छाउने अनुमति दिएका थिए ।
राजधानीबाट

Skip This
Skip This
Logo