भदौ ७, काठमाडौं

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन देशभर एकै दिन सम्पन्न गर्नका लागि मौसम बाधक बन्नसक्ने तर्फ सरकारलाई सचेत गराएको छ । "/>

एकैदिन निर्वाचन गर्दा मौसम बाधक बन्न सक्छ : आयोग

एकैदिन निर्वाचन गर्दा मौसम बाधक बन्न सक्छ : आयोग

केन्द्रबिन्दु
0
Shares

भदौ ७, काठमाडौं

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन देशभर एकै दिन सम्पन्न गर्नका लागि मौसम बाधक बन्नसक्ने तर्फ सरकारलाई सचेत गराएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर १० गते आइतबार गर्ने मन्त्रिपरिषद्को बैठकले सोमबार निर्णय गरे पछि निर्वाचन आयोगका प्रमूख आयुक्त डा.अयोधिप्रसाद यादवको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकपछि आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ,‘कथंकदाचित उक्त मितिमा मौसमको अनुकूलता नभएमा अर्को चरणमा समेत निर्वाचन गराउनु पर्ने अवस्था रहन सक्ने स्मरण गराउँछौँ ।’ आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धी ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन चाँडो आयोगलाई उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
नयाँपत्रिकाबाट

Logo