काभ्रे ।
काभ्रेमा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । आज चौरीदेउरालीका ५१ वर्षिय पुरुष र बनेपाका ३९ वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै आज थप ४४ जनामा कोरोना संक्रमण थपिएको छ भने ५ जना निको भएका छन् ।
विहिबार पनि २ जनाको मृत्यु भएको थियो । विहिबार धुलिखेलकी ७० वर्षिया महिला र ५५ वर्षिय पुरुषको मृत्यु भएको थियो । यस्तै विहिबार २९ जना नयाँ संक्रमित थपिएका छन् ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ६०६ पुगेको छ ।
संक्रमित मध्ये १ हजार १०३ जना निको भएका छन् । विहिबार २० जना निको भएका थिए । जिल्लामा ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ११ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
नयाँ थपिएका मध्ये बनेपाबाट २५, धुलिखेलका ११, पनौतीका ४, नमोबुद्धका १, मण्डनदेउपुर १, भुम्लु १ र बेथानचोकबाट १ जना रहेका छन् ।






























प्रतिक्रिया