काठमाडौँ आउँदै गरेको स्करपियो दुर्घटना, पाँच घाइते, दुई गम्भीर

काठमाडौँ आउँदै गरेको स्करपियो दुर्घटना, पाँच घाइते, दुई गम्भीर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ  l

बुटवलबाट काठमाडौँ आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए । दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ ।

यसैबीच, चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का एक १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।

Skip This
Skip This
Logo