भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख

भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख

केन्द्रबिन्दु
0
Shares

विराटनगर, ५ भदौ । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ । 

विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको घर भत्काएको थियो । 

सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । 

अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट रु ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ । रासस 

तस्बिर – इन्टरनेटवाट

Skip This
Skip This
Logo