पाँच क्षेत्रका डिआइजी हटाएर सात प्रदेशमा एआइजी

पाँच क्षेत्रका डिआइजी हटाएर सात प्रदेशमा एआइजी

केन्द्रबिन्दु
0
Shares

भदौ ५ , काठमाडौं
सरकारले सात एआइजीलाई प्रदेशको इन्चार्ज बनाएर खटाएको छ । दुई साताअघि बढुवा भएका ११ मध्ये सात एआइजीलाई आइतबार मध्यराति प्रदेश इन्चार्ज बनाएर पठाइएको हो । जसअनुसार १ नम्बर प्रदेशमा पशुपति उपाध्याय, २ मा विजयलाल कायस्थ, ३ मा केशरीराज घिमिरे, ४ मा कमलसिंह बम, ५ मा मिडमार लामा, ६ मा रणबहादुर चन्द तथा ७ मा विजयकुमार भट्टलाई पठाइएको छ । पाँच क्षेत्रका डिआईजीलाई हटाएर प्रदेश कार्यालयमा सरुवा गरिएको छ ।
नयाँपत्रिका दैनिकबाट

Logo