भदौ ५ राजविराज,

काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा ८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् । "/>

बगर बन्यो लोहजरा बस्ती

बगर बन्यो लोहजरा बस्ती

केन्द्रबिन्दु
0
Shares

भदौ ५ राजविराज,

काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा ८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् । काठमाडौंमा रोजगारी गर्ने रामले निकै बेरमा गाउँको अनुमान त लगाए तर घर भेट्टाउन सकेनन् ।
महुली खोलाको बाढीले बस्तीलाई बगरमा परिणत गरिदिएका कारण उनले घर भएको ठाउँ पत्ता लगाउन नसकेका हुन् । बाढीले घर बगाएको सुनेर गाउँ फर्केका उनले भने, ‘मेरो र चार दाजुभाइ सबैको घर भएको बस्ती त बगर पो बनिसकेको रहेछ ।’ श्रीमती सरितादेवी रामले टेलिफोनमा ‘बाढीले घर बगायो’ भन्दा उनले यति ठूलो क्षति भयो होला भनेर सोचेका रहेनछन् । तर, गाउँ पुगेपछि उनले यथार्थ थाहा पाए । साउन २८ गते बिहान बाढीले बुधेवा टोलका ५० परिवारको घरखेत बगाएको थियो । डुबानका कारण तीन सय घरमा क्षति पुगेर बस्न नसक्ने अवस्था छ ।

‘घरमा श्रीमान् थिएनन्, घर डुबाउँदै लगेपछि सबै सामान छाडी तीन छोरी र एक छोरालाई लिएर पौडेर जोगिएँ’, सरितादेवीले भनिन्, ‘हामी बस्ने घर भएको ठाउँमा बाढीको भंगालो बगेपछि बगर भएको छ ।’ श्रीमतीले ‘बाढीले घर बगायो’ भन्दा राजदेवले यति ठूलो क्षति भयो होला भन्ने सोचेका रहेनछन् । तर, गाउँ पुगेपछि उनले यथार्थ थाहा पाए ।
रामका दाजु राजेन्द्र भने छुट्टी नपाउँदा अझै गाउँ आउन पाएका छैनन् । उनकी श्रीमती भुटीदेवीले दुःख पोख्दै भनिन्, ‘बाढीले टोलका सबै घर बगाएर बगर बनाइदियो । जताततै पानी नै पानी थियो, भाग्ने ठाउँ पनि थिएन । ज्यान जोगाउन आपत भएपछि घरका सबै सामान छाडेर सात छोरीलाई लिएर पौडिएर बाँचें ।’
अन्नपूर्णपोष्टबाट

 

Logo