पत्रकारहरु नेता चुन्न आतुर, को को छन् मैदानमा ? (कार्यतालिकासहित)

पत्रकारहरु नेता चुन्न आतुर, को को छन् मैदानमा ? (कार्यतालिकासहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ३, भदौ । नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघले २५औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन भदौ ३ गते विहान १० बजे, मतदाता नामावली उपर दावी विरोध भदौ ३ गते विहान १० बजेदेखि १२ बजेसम्मको समय छ । कार्यतालिकामा उम्मेद्वारी मनोनयन दर्ता भदौ ४ गते विहान १२ बजेदेखि अपरान्ह ३ बजेसम्म, उम्मेदवारको नामवली प्रकाशन भदौ ४ गते ३ : ४५ बजे, उम्मेदवार उपरको दावी विरोध र उम्मेदारी फिर्ता भदौ ४ गते ३ :३४ देखि ४ : ४५ बजेसम्म, उम्मेदावरको अन्तिम नामावली प्रकाशन भदौ ४ गते बेलुका ५ बजेसम्म छ । 

मतदान भदौ ५ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तथा मतगणना भदौ ५ गते मतदान सम्पन्न भएपछि हुने कार्यसूचि छ । नयाँ नेतृत्वका लागि प्रेस युनियन र प्रेस सेन्टरबाट गोविन्द आर्चायको प्यानल, प्रेस चौतारीबाट तिर्थ कोइराला र स्वतन्त्रबाट उजिर मगर मैदानमा छन् । 

महाधिवेशन भदौ ४ गतेदेखि शुरु हुँदैछ ।

Logo