आगलागीबाट २० लाखको क्षति

आगलागीबाट २० लाखको क्षति

केन्द्रबिन्दु
0
Shares

गौशाला, ३ भदौ । महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ । 

लोहारपट्टी गाउँपालिका– २ महदैया बजारमा रहेको आयुष रेडिमेड एण्ड कस्मेटिक पसलमा आज बिहान ५ बजे आगलागी हुँदा सो पसलभित्र रहेका कपडा र शृंगारको सामानसहित रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

धनुषा जिल्लाको लवटोली गाउँपालिका– ३ घर भई ससुराली गाउँमा आएर पसल गरी बसेका पसले राजदेव यादवकाअनुसार सो पसलमा रहेका रु १० लाख बढीको रेडिमेड कपडा, रु पाँच लाख भन्दा बढीको शृंगार सामग्री र केहि दिनदेखि किरानाको थोक कारोबार गर्दै आएकोमा रु पाँच लाख जतिको किराना सामग्री गरी जम्मा २० लाख मूल्य बराबरको क्षति भएको हो ।

Skip This
Skip This
Logo