भारतबाट उद्वार गरेर ल्याइएको गैँंडा निकुञ्जमा छाडियो

भारतबाट उद्वार गरेर ल्याइएको गैँंडा निकुञ्जमा छाडियो

केन्द्रबिन्दु
0
Shares

 

रत्ननगर ९चितवन०, २ भदौ ।
भारतबाट उद्धार गरेर ल्याइएको दुर्लभ एकसिंगे गैंडालाई आज चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ ।

केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा पुर्याएको गैंडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी शाखा कार्यालय नजिकैबाट आज निकुञ्जमा छाडिएको हो ।

अन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैंडालाई बाढीले नेपाल भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिण पूर्वमापर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारेर ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालले जानकारी दिएका हुन् ।

भर्खरै माउबाट छुट्टिएको सो गैंडा भारतको गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा गैंडा फेला परेको उनको भनाइ छ । योसँगै पाँचवटा गैंडा यसरी बगाएकामा अति जोखिममा रहेको उक्त गैंंडालाई उद्धार गरिएको निकुञ्जको भनाइ छ ।

सो गैंडालाई डाट गरेर बेहोस बनाई हिजो साँझ भारतबाट ट्रकमा राखेर ल्याइएको थियोे । रासस

Skip This
Skip This
Logo