नेकपा विवाद उत्कर्षमा, विवाद सुल्झाउन ‘कोर-टिम’ सँग ओलीको छलफल

नेकपा विवाद उत्कर्षमा, विवाद सुल्झाउन ‘कोर-टिम’ सँग ओलीको छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मनमुटाव बढेको छ । दुई अध्यक्षबीच पछिल्लो दुई हप्तादेखि कुराकानी हुन सकेको छैन् । पार्टीभित्र दुई अध्यक्षबीचको विवादको दूरी बढ्दै गएको छ । ओलीले अध्यक्ष दाहालसँग भेट्नको लागि आफूनिकट नेताहरुलाई दूत बनाएर खुमलटार पठाएका छन् । तर, दाहालले बालुवाटार नजाने सन्देश पठाएका छन् ।

पार्टीको कर्णाली प्रदेशको विवाददेखि पर्सामा आफ्नै पार्टीका कार्यकर्ताहरुको झडपमा कार्यकर्ता मारिँदासम्म आईपुग्दा नेकपामा विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो तीन दिनदेखि दाहाललाई भेट्न ओलीले आफ्ना दूतहरु पठाईरहेका छन् । सुरुमा, महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई खुमलटारमा पठाएका थिए । तर, दाहालले ओलीले पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए । र, आफू बालुवाटार जान नसक्ने जवाफ दिएका थिए ।

यो बीचमा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि दुई पटक एक्लाएक्लै भेटवार्ता गरेका थिए । उनले नेता नेपालसँग मिलेर अघि बढ्न आग्रह गरेका थिए । तर, नेता नेपालले आफूले विधि र प्रक्रियासम्मत ढंगले पार्टीलाई अघि बढाउनुपर्ने आवाज उठाएकोले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने धारणा राखेका थिए । ओलीले दाहाललाई भेट्न आफ्नो तर्फबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीपनि पठाएका छन् । तर, सबै नेताहरुसँगको भेटमा दाहालले आफू बालुवाटार जान नसक्ने जवाफ दिएको नेकपानिकट स्रोतको दाबी छ ।

Skip This
Skip This
Logo