हेटौँडा, २९ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

पहिराले एकै परिवारका सातको मृत्यु, गाउँ–टोल डुबानमा

पहिराले एकै परिवारका सातको मृत्यु, गाउँ–टोल डुबानमा

केन्द्रबिन्दु
२९ श्रावण २०७४, आईतबार
0
Shares

 

हेटौँडा, २९ साउन । तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु भएको । 

बकैया गाउँपालिका वडा नं १० अम्बासबँेसीमा पहिराले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानीयवासी बुद्ध लामाले जानकारी दिनुभयो । पहिरामा परी न्यासुरकी श्रीमती सुनमाया, २४ वर्षीया छोरी माया, १२ वर्षीया हीरा, १० वर्षीया सानुमाया, आठवर्षीय छोरा पाल्मो र दुईवर्षीय छोरा विकास छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मकवानपुरको उत्तरी क्षेत्रमा पालुङ क्षेत्रको बाटो मात्र सञ्चालनमा छ । हेटौँडाबाट काठमाडौँ जानका लागि सोबाहेक अन्य मार्ग उत्तरी क्षेत्रमा खुला छैन । सिस्नेरी, ज्यामिरे तथा फाखेलको बाटो अवरुद्ध छ चुरेमा पनि बाटो बन्द छ । प्रहरीका अनुसार भीमफेदी गाउँपालिकाको बागझोरामा आएको बाढीका कारण एकतर्फी मात्र बाटो सञ्चालन गरिएको छ । 

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं ११ थानाभञ्ज्याङमा आज बिहान ४ः०० बजेतिर बाघथलीमा खसेको पहिराका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पहिराका कारण सवारी आवागमन अवरुद्ध भए पनि अहिले बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यसैगरी मनहरी गाउँपालिका–५ वसन्तपुर र दिल्लीपुरमा अविरल वर्षाका कारण राप्ती नदीमा बाढी आएसँगै यहाँका बस्ती डुबानको खतरामा परेका छन् । अहिले गाउँमा विद्युत् अवरुद्ध छ । 

खोला किनारमा स्ल्याब गरिएका र बाँधिएका बाँध राप्ती नदीले बगाउँदै लगेको छ । राप्ती नदी किनारमा अवस्थित राई बस्ती, दमार र नयाँगाउँ बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । गाउँमा स्थानीयवासीले पालेको दुई हजार कुखुरा मरेको खबर छ । 

मनहरी गाउँपालिकाका हाँडीखोला, रमौली प्रतापपुरलगायत गाउँ डुबानमा परेको छ । बाढीका कारण रजैयादेखि आल्दमारसम्म जाने करिब छ किमी बाटो बगाएको हो । त्यस्तै मनहरी – ४ मसिनेमा हरि विष्टले पोखरी बनाई पालेको पाँच लाख बराबरको माछा पोखरीसहित बाढीले बगाएको छ । 

पहाडी क्षेत्रसँगै हेटौँडा उपमहानगरपालिकाका केही वडा पनि डुबानमा परेको छ । हेटौँडा–४ गर्दोइ र कर्रा, हेटौँडा– ५ पिप्ले र हेटौँडा– ६ चौगडामा कर्रा खोला पसेर डुबानमा परेको छ । राप्ती खोलाले हेटौँडा–११ का केही बस्ती जोखिममा पारेको प्रहरीको भनाइ छ । –अञ्जली थापा/रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

मलेसियाविरुद्ध कुशल भुर्तेलको सानदार शतक

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

कानुन बने पनि विभेद र हिंसाको अवशेष बाँकी छ – मन्त्री वादी

कोशी प्रदेश सरकार माग्यो मतहतका निकायका कर्मचारी र पदाधिकारीको सम्पत्ति विवरण

अलराउण्डर खेलाडीमा ललित राजवंशीको छलाङ

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu