केन्द्रबिन्दु डेस्क । काठमाडौं, २८ साउन ।
सवारी दुर्घटनाका कारण वर्षमा हजारौंले ज्यान गुमाउँछन् । उत्ति नै अंगभङ्ग हुन्छन् । घाइतेको संख्या अझ बढी हुन्छ ।
हामीकहाँ सवारी दुर्घटनाको तथ्यांक निकै कहालीलाग्दो छ । खासगरी दिनदिनै हुने सडक दुर्घटनाले धेरैलाई अकालमा मृत्युको मुखमा पु¥याउने गरेको छ । दुर्घटनाका अनेक कारण छन् । जस्तो कि, चालकको लापरवाही, इन्जिनको खराबी, अप्ठ्यारो सडक आदि । त्यसबाहेक अन्य कारणले पनि सवारी दुर्घटना हुन्छ । के हुन् त ती ?
मोबाइल फोन
चालकहरू मोबाइलमा कुरा गर्दै ड्राइभ गरिरहेको हामीले धेरै पटक देख्ने गरेका छांै । सडक अनुशासनले यसलाई वर्जित गरे पनि ट्राफिक प्रहरीको आँखा छलेर चालकहरू मोबाइलमा कुरा गरिरहेका हुन्छन् । तर, यो सानो लापरवाहीले पूरा जिन्दगी नै जानसक्छ भन्ने हेक्का सायदैले राख्छन् होला ।
हो, गाडी ड्राइभ गरिरहेको बेला फोनमा कुरा गर्दा वा म्यासेज गर्दा ध्यान अन्यत्रै मोडिन्छ । त्यसैको कारण सवारी दुर्घटना हुनसक्छ । गाडी ड्राइभ गरिरहेको बेला फोन चलाउनाले आफू मात्र होइन, अरूलाई समेत दुर्घटनाको जोखिममा पार्न सकिन्छ । त्यसैले यदि जरुरी फोन आएको छ भने गाडी साइड गरेर मात्र फोन गनुपर्छ ।
ओभर स्पिड
गाडीलाई कति रफ्तारमा कुदाउने ? यसका आफ्नै मापदण्ड छन् । सडकको अवस्था, गाडीको क्षमता आदिको आधारमा गाडीको स्पिड निर्धारण गरिन्छ । यद्यपि गाडी ड्राइभ गर्नेहरू यस्ता कुरामा खासै संवेदनशील हुँदैनन् । त्यसैले उनीहरू हातमा स्टेयरिङ पर्नासाथ तीव्र रफ्तारमा गाडी हुँइक्याउ“छन् । यसरी हु“इक्याएको गाडी नियन्त्रण गर्नु आफँैमा गाह्रो हुन्छ । अतः ओभर स्पिडको कारण दुर्घटना हुन सक्छ ।
चालकको लापरवाही
हामीकहाँ सडक अनुशासनको ख्याल गरेर ड्राइभ गर्ने चालक विरलै भेटिन्छन् । अक्सर चालकहरू लापरवाही ढंगले गाडी ड्राइभ गरिरहेका हुन्छन् । यसरी लापहरवाहीपूर्ण गाडी कुदाउनु पनि दुर्घटनाको अर्को कारण हो । यसले स्वयम आफूलाई त दुर्घटनामा पार्छ नै, अरूको ज्यान समेत लिन सक्छ ।
रिसाएर गाडी चलाउनु
गाडी चालकको मुड बिग्रिएको अवस्थामा पनि दुर्घटना हुने संभावना रहन्छ । प्रायः रिसाइरहने वा सानो तिनो कुरामा पनि आवेगमा आउनेहरू सधैं दुर्घटनाको जोखिममा हुन्छन् । त्यसैले गाडी चलाएको बेला शान्त वा हर्षित मुद्रामा हुनुपर्छ ।
अनुभवको कमी
नेपालमा लाइसेन्स दिनका लागि उमेरको हद तोकिएको छ । निश्चित उमेर पार गरेकाले ट्रायल तथा लिखित, मौखिक परीक्षा पास गरेपछि चालक अनुमति पत्र पाउ“छन् । यद्यपि यसरी चालक अनुमति लिनका लागि घुमाउरो बाटो अपनाउने पनि धेरै हुन्छन् । चालक अनुमति पत्र दिनुको अर्थ उक्त व्यक्ति गाडी चलाउनमा सक्षम छ भन्ने दर्शाउनु हो । तर, हामीकहा“ चालक अनुमति पत्र लिनेहरू पनि अनुभवहीन देखिन्छन् । अतः सडक दुर्घटनाको कारणमध्ये यस्तै अनुभवहीन चालकहरू पनि दोषी देखिएका छन् ।
राती गाडी चलाउनु
राती वा सुनसान सडकमा गाडी चलाउनुको आफ्नै मज्जा होला । तर, यो उत्तिकै खतरापूर्ण पनि छ । अँध्यारो रातमा गाडी कुदाउँदा दिनको तुलनामा धेरै सतर्क हुनुपर्छ । एक त अध्या“रोमा बाटो स्पष्ट नदेखिन सक्छ । अर्को चाहिँ निन्द्रा र थकानले बढी व्याकुल बनाउन सक्छ । त्यसैले राती गाडी कुदाउ“दा दुर्घटना हुने संभावना रहन्छ ।
हिउमा गाडी कुदाउनु
त्यसो त नेपालमा त्यस्ता सडक मार्ग कमै होलान्, जहा बाग्लो हिउ जम्छ । कहीँ कतै हिउ“ले आवागमनमा अवरोध पु¥याएको समाचार भने सुनिन्छ । अतः यस्तो हिउ“ले ढाकेको बाटोमा गाडी कुदाउनु पनि खतरापूर्ण हुन्छ । हिउँमा स्लिप हुने संभावना बढी हुन्छ । त्यसैले ब्रेक र टर्नमा धेरै सावधानी अपनाउनु पर्छ ।
झरीमा गाडी कुदाउनु
मौसमी प्रतिकूलता पनि गाडी दुर्घटनाको कारण बन्न सक्छ । जस्तो भारी वर्षा भएको बेला गाडी कुदाउनु जोखिमको काम हो । भारी वर्षा भैरहेको बेला गाडी कुदाउदा बाटो स्पष्ट नदेखिने र गाडीको सन्तुलन पनि बिग्रने भएकाले दुर्घटना हुनसक्छ ।
सिग्नल तोड्नु
सडक नियम तोड्नाले आफूलाई मात्र होइन, अर्का निर्दोष व्यक्तिलाई पनि हानि हुनसक्छ । त्यसैले गाडी चलाउदा सडक नियमको पूर्ण पालना गर्नुपर्छ । ट्राफिक लाइट अनुसार गाडी रोक्ने र चलाउने गर्नुपर्छ । ट्राफिक नियम उल्लंघन गरेका कारण दुर्घटना भएको समाचार धेरै सुन्न सकिन्छ ।
गलत लेनमा कुद्नु
सामन्यतः गाडीले विपरीत दिशाबाट आउने गाडीका निम्ति बाटो छोडेर कुद्नुपर्ने हुन्छ । ठुला राजमार्गहरूमा गाडीको आ–आफ्नै लेन तय गरिएको हुन्छ । त्यसैले आफ्नो लेन छाडेर अर्को लेन समात्नाले पनि दुर्घटना हुनसक्छ ।
निन्द्रा र अल्छी
निन्द्रा वा अल्छी लागेको बखत गाडी ड्राइभ गर्नु पनि घातक हुन्छ । निन्द्रा, थकान, अल्छीको कारण चालकले गाडीलाई सही दिशामा, सही ढंगले अगाडि बढाउन सक्दैन । त्यसको गति नियन्त्रणमा पनि उसको भेउ पुग्दैन । परिणामतः गाडी दुर्घटना हुनसक्छ ।
खराब सडक
नेपालमा पहाडी क्षेत्रका सडकहरूको अवस्था एकदमै दयालाग्दो छ । त्यस्ता सडकमा चालकले निकै सावधानी एवं होसियारीपूर्वक गाडी कुदाउनुपर्ने हुन्छ । यति हुदा“हुदै पनि खराब सडककै कारण दुर्घटना भएका खबरहरू सुन्ने गरिन्छ । सडक दुर्घटनामा खराब सडक पनि कारक तत्वका रूपमा देखा परेका छन् ।
मेन्टेनेन्सको कमी
गाडीलाई बेला बेला मेन्टेनेन्स गर्नुपर्छ । यदि सही समयमा गाडी सर्भिसिङ गरिएन भने त्यसको पाटपुर्जामा खराबी आउछ । खासगरी वियरिङ र ब्रेकलाई चेन्ज गरिरहनु पर्छ । यसरी नियमित सर्भिसिङ नगराएको अवस्थामा गाडी दुर्घटना हुने संभावना हुन्छ ।
जनावर
गाडी तीव्र गतिमा कुदाइरहेको बेला अगाडि अचानक कुकुर, गाई वा कुखुरा आउन सक्छ । यस्तो बेला चालक गाडी जोगाउने कि जन्तु जोगाउने ? दोधारे मनस्थितिमा पुग्छन् । यसको तीव्र निर्णय लिन नसक्दा गाडी दुर्घटना हुन्छ । सडकमा अवरोध पु¥याउने जनावरको कारण पनि धेरै दुर्घटना भएको सुनिन्छ ।
जक्सन वा डाइभर्सन
यदि कुनै जक्सन छ भने गाडी सुस्त गतिमा कुदाउनु पर्छ र सामुन्नेमा गाडी छ भने त्यसलाई टर्न लिन दिनुपर्छ । त्यसपछि मात्र आफूले टर्न लिनुपर्छ । यदि दोस्रो गाडीको चालकले समेत तपाईंमाथि ध्यान दिएको छैन भने दुर्घटना हुनसक्छ ।
ध्यान अन्यत्र मोडिनु
गाडी चलाइरहेको बखत चालकको ध्यान गाडीमा नै हुनुपर्छ । कतिपय अवस्थामा चालकको ध्यान भंग भएकाले सडक दुर्घटना भएको पाइन्छ । त्यसैले यस्ता दुर्घटनाबाट बच्न गाडीमाथि पूरा ध्यान केन्द्रित गर्नुपर्छ ।
टायर
आफ्नो यात्रा सुरु गर्नुअघि टायरको जा“च गरौं । खराब टायर प्रयोग गरेर दु्रत गतिमा हुइकिँदा पनि दुर्घटना हुनसक्छ । खासगरी लामो यात्रामा निस्कनुअघि टायरको राम्ररी ख्याल गर्नुपर्छ ।































प्रतिक्रिया