सिन्धुली – सिन्धुलीमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। गएराति झन्डै २ बजे खसेको पहिरोले पुरिएर कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित दुई नम्बर बजारका एकै परिवारका ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा २५ बर्षकी दुर्गा कुमारी खड्का, १५ वर्षकी शोभा खड्का, १० बर्षका अनिस खड्का र ८० वर्षका मनिष खड्का रहेका छन्।
पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको हो। सँगै सुतिरहेका उद्य वहादुर खड्का भने भागेर ज्यान जेगाउन सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिएको हो। उनीहरूको पहिरोले पुरिएर मृत्यु हुनेहरु पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका थिए।





























प्रतिक्रिया