केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ साउन ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले उत्तर कोरियाले अमेरिकामाथि हमला गरेको अवस्थामा चीन तटस्थ बस्ने समाचार प्रकाशित गरेको छ । तर उत्तर कोरियामाथि अमेरिकाले आक्रमण गरेर युद्ध सुरु गरेमा चीन चुप नबस्ने र उसले अमेरिकालाई रोक्ने समाचारमा उल्लेख छ ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उत्तर कोरियालाई चेतावनी दिएका छन् । ‘अमेरिका वा हाम्रा सहयोगीमाथि गरिने हमलाका विषयमा उत्तरले सोचेको छ भने त्यसको नतिजा के हुन्छ भन्ने उसले सोचेको छैन,’ ट्रम्पले भनेका छन् ।
उत्तर कोरियाले गत जुलाईमा इन्टर कन्टिनेन्टल मिसलाईलको दुईपटक परीक्षण गरेपछि अमेरिका चिन्तित देखिएको छ ।
अमेरिका र दक्षिण कोरियाले हमला गरे भने उनीहरुलाई रोक्नछौं ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको सम्पादकीयमा यो पनि भनिएको छ,’यदी उत्तर कोरियाले अब मिसाइल लन्च गर्छ । जसले अमेरिका र उसका सहयोगीका लागि चेतावनी दिन्छ भने यस्तो अवस्थामा चीन तटस्थ बस्छ ।’
यदी अमेरिका र दक्षिण कोरियाले हमला गरे र कोरियली प्रायद्विपको शासन प्रणाली बदल्ने कोसिस गरे भने यस्तो अवस्थामा चीनले उनीहरुलाई रोक्नेछ ।’
उत्तर कोरियाले अमेरिकाकी भूभाग गुआम नजिक यसै महिना आणविक क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिदैं आएको छ । गुआम क्षेत्रमा ५ हजारभन्दा बढी अमेरिकी सैनिक छन् ।
फोटो : परेड खेल्दै उत्तर कोरियाका सैनिक
(एजेन्सीको सहयोगमा)





























प्रतिक्रिया