केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ साउन ।
 
काठमाडौं उपत्यकासहित नेवार बाहुल्यता रहेका देशका विभिन्न स्थानमा आज गाईजात्रा निकालिन्छ  । "/>

दिवंगतहरुको संझनामा देशभर गाईजात्रा निकालिदै‌ं

दिवंगतहरुको संझनामा देशभर गाईजात्रा निकालिदै‌ं

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ साउन ।
 
काठमाडौं उपत्यकासहित नेवार बाहुल्यता रहेका देशका विभिन्न स्थानमा आज गाईजात्रा निकालिन्छ  । नेवार समुदायले  दिवंगतहरुको संझनामा हरेक वर्ष भाद्र शुक्ल प्रतिपदामा यो जात्रा निकाल्ने गर्छन्  ।

१ वर्षभित्र मृत्यु भएका परिवारका सदस्यलाई संझना गर्दै उनीहरुको तस्विरसहित गाई जात्रा निकालिन्छ ।  दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ ।  

भक्तपुरमा बाँसमा मृतकको तस्विर गाईको प्रतीक चिह्न टाँसेर नगर परिक्रमा गराई लठ्ठी जुधाएर नाचिने घिन्ताङ् घिसी नाच देखाइँदैछ। पाटनमा पनि बौद्ध धर्मावलम्बीले विहार वा बहाल वही परिक्रमा गरेर यो जात्रा मनाउँदै मनाइँदैछ ।

काठमाडौं र ललितपुरमा पनि गाईजात्रा निकालिएको छ । यसबाहेक पाल्पा, धनकुटा, चरिकोट, काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, इलाम लगायतका देशका विभिन्न क्षेत्रमा रहेका नेवार समुदायले पनि गाईजात्रा निकाल्दैछन् । सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा दिएको छ ।

पछिल्लो समय नेवारी समुदाय मात्रै नभएर अन्य समुदायका व्यक्तिले पनि गाईजात्रा मनाउने गरेका छन् । यस चाडलाई अन्य समुदायका व्यक्तिहरुले विकृति र विसंगतिमाथि हाँस्य-व्यङ्ग्य प्रहार गरेर मनाउने गरेका छन् ।

Skip This
Skip This
Logo