केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटेको छ र पुराना नेता पशुपतिशम्शेर राणाको नेतृत्वमा असन्तुष्ट नेताहरूले नयाँ पार्टी गठन गरेका हुन् । कमल थापा नेतृत्वको राप्रपा नेपाललाई यो ठुलो धक्का हो ।
राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइसकिएको स्रोतले बताएको छ ।
नयाँ दलमा तीन निर्वाचित सांसद सुनील थापा, दीपक बोहरा र विक्रम पाण्डे समेत छन् । उनीहरूसहित २२ सांसद र ७२ केन्द्रीय सदस्य पनि नयाँ पार्टीमा सामेल भएको सम्बद्ध स्रोतले जनाएको छ ।
पार्टी टुक्रेर नयाँ दल बनेसँगै अब कमल थापा नेतृत्वको राप्रपासँग केवल १५ संसद मात्र हुनेछन् ।
स्मरणीय छ, २४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत वर्ष मंसिर ६ गते पार्टी एकताको घोषणा भएको थियो । तर, देउवा सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद सुरु भएर त्यसको समुचित समाधान हुन नसक्दा र सरकारमा नजाने निर्णय भएसँगै असन्तुष्टहरूले राणा नेतृत्वमा नयाँ पार्टी गठन गरेका हुन् ।





























प्रतिक्रिया