भरतपुर– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएको छ । १९ को मतगणना सकिँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाएकी छिन् । रेणु एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली भन्दा २२१ मतले छिन् ।
मतपत्र च्यातिएका कारण १९ वडामा पुन: मतदान सुरु हुनअघि एमालेका देवीभन्दा रेणु ७७४ मतले पछि थिइन् । शुक्रबार भएको निर्वाचनमा यहाँ २ हजार ८ सय ७० मत खसेको थियो । भरतपुर १९ पछि अब भरतपुर २० को मतगणना सुरु हुनेछ ।
२० नम्बर वडाको मतगणना बाँकी छँदा ज्ञवालीले ४१ हजार ९४६ मत पाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मत ल्याएकी छन् ।
गत वैशाख ३१ गते भएको मतदानमा वडा नम्बर २० मा ३३ सय २ मत खसेको थियो । यति मत गनिसकेपछि अन्तिम परिणाम सार्वजनिक हुनेछ ।































प्रतिक्रिया