खाना पकाउने ग्यासको मूल्य घट्यो

खाना पकाउने ग्यासको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १७ साउन ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको छ । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु १ हजार ३ सय २५ मा पाइने भएको छ ।

नयाँ मूल्यसूची आज मंगलबार राती १२ बजेदेखि लागू हुनेछ ।

अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन ।

निगमका प्रवक्ता सीताराम पोखरेलको भनाइमा, “अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको मूल्यसूची बढेर आएकाले घटाउन सकिएन ।”

अन्य पेट्रोलियम पदार्थको पनि मूल्य घटाउने अवस्था रहे पनि निगमले बेवास्था गरेको भन्दै आलोचना हुँदै आएको राससले उल्लेख गरेको छ ।

Skip This
Skip This
Logo