केन्द्रबिन्दु डेस्क । काठमाडौं, १६ साउन ।
गत विहीबार काठमाडौंबाट अपहरणमा परेका साढे पाँच वर्षीय बलकको प्रहरीले सकुशल उद्धार गरेको छ। महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार, काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका बालक विशाल चौधरीको सकुशल उद्धार गरिएको हो ।
अपहरणमा सम्लग्न केहीलाई पक्राउ गरे पनि प्रहरीले अपहरणको मुख्य योजनाकार भने फरार रहेका जनाएको छ ।
गत विहीबार क्षेत्रपाटी पकनाजोलस्थित सरस्वतती बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका स्कुलबाटै अपहरणमा परेका थिए । अपहरणकारीले बालकका बाबु विजयलाई फोन गरी फिरौतीसमेत माग गरेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया