५ फाइदा, तातो पानी र कागती खानुको

५ फाइदा, तातो पानी र कागती खानुको

केन्द्रबिन्दु
9
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १६ साउन ।

बिहान उठ्नसाथ तातो चिया घुट्क्याउने बानी धेरैको हुन्छ । तर, खाली पेटमा तातो चिया पिउनु त्यती लाभदायक मानिदैन । अहिले स्वास्थ्यप्रति सचेत वर्गले बिहान खाली पेटमा मनतातो पानी पिउने गरेका छन्, जो एकदमै फाइदाजनक हुन्छ । तर, मनतातो पानी भन्दा सर्बोत्तम हुन्छ तातो कागती पानी । कसरी त ? जानौं यसको पाँच फाइदा ।

१. यदि बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउनुहुन्छ भने तपाईको पेट राम्ररी सफा हुन्छ । कब्जियत पनि हुँदैन ।

२. यदि तपाईले बिहान खाली पेटमा कागती पानी पिउनुभयो भने बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।

३. यसले तपाईको पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो हुन्छ । कागती पानीको सेवनले पेटको समस्या पनि हट्छ ।

४. तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाई हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

५. यसको ठूलो फाइदा यो पनि हो कि, मुख र सासको गन्ध हट्छ । तपाई ताजगी महसुष गर्न सक्नुहुनेछ । यसमा रहेको भिटामिन सिले तपाईलाई फाइदा पुग्छ ।

Skip This
Skip This
Logo