बेसार – घरको डाक्टर

बेसार – घरको डाक्टर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १६ साउन ।

हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला हो, बेसार । तरकारीको निम्ति यसले रंगको काम मात्र गर्दैन स्वादको पनि काम गर्छ । स्वादको मात्र होइन, औषधीको पनि काम गर्छ ।

– बेसारमा औषधिय गुण हुन्छ । त्यसैले आलो घाउमा बेसार लगाइन्छ । त्यती मात्र होइन, यसलाई दहीसग मिश्रण गरेर घरेलु फेसप्याक पनि बनाइन्छ ।

– नुन र तोरीको तेलसग बेसार मिश्रण गरेर दा“त माझ्दा त्यो बढी चम्किलो, बलियो हुन्छ । सौन्दर्य बढाउनदेखि शुभकार्य सम्पन्न गर्न समेत बेसार आवश्यक हुन्छ ।

– आर्युबेदले बेसारलाई महत्वपूर्ण औषधिको रुपमा ब्याख्या गरेको छ । बेसारको महिमा यतिमै सीमित छैन, यसको प्रयोगवाट अरुपनि थुप्रै स्वास्थ्य–लाभ लिन सकिन्छ ।

– नियमित रुपमा दुधमा बेसार मिसाएर पिउनु लाभदायक हुन्छ । यसले शरीरमा हुन सक्ने संभावित संक्रमणवाट रोक्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउ“छ ।

– भिटामिन, खनिज, प्रोटिन सवैको स्रोत हो, बेसार । यसमा पाइने करक्यूमिन नामक पहेंलो तत्वले मस्तिष्कलाई सन्तुलित राख्न सहयोग गर्छ ।

– चिसो मौसममा शरीरको जोर्नीहरु दुख्छ, चिसोले टाउको दुख्छ । यस्तो बेला दुधमा बेसार मिसाएर पिउनुपर्छ । त्यस्तै, आखाको दुखाईमा पनि यो लाभदायक हुन्छ ।

– वेसारलाई पानीमा केहि समय उमाल्ने र त्यसको पानी छानेर आ“खा सफा गर्न सकिन्छ । घाटी खसखस भएमा पनि एक चिम्टी बेसार खानु लाभदायक हुन्छ ।
एजेन्सीको सहयोगमा

 

Skip This
Skip This
Logo