काठमाडौं।
अश्लील शब्दहरू भएको गीत गाएपछि र्यापर ‘भिटेन’ उर्फ समीर घिसिङलाई छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको छ।
‘पारा’ नामको हालै सार्वजनिक गीतमा प्रयुक्त शब्दहरू अश्लील र आपत्तिजनक रहेको कार्यालयले जनाएको छ।
सामाजिक रूपमा अपाच्य र आपत्तिजनक शब्द भएको उक्त गीत हाल युट्युबमा ट्रेण्डिङको पहिलो नम्बरमा छ।
साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले प्रहरी प्रधान कार्यालयबाट पठाएको निर्देशनसहितको पत्र प्राप्त भएको बताए।
उनले गीत र गीतको म्युजिक भिडिओबारे प्रारम्भिक चरणको अनुसन्धानमा रहेको बताए।
गत वर्ष भिटेनलाई महानगरीय अपराध महाशाखाले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा गरेको थियो। र, भिडिओ डिलेट गराउँदै त्यस्तो शब्द प्रयोग गरेर गीत नगाउन र भिडिओ सार्वजनिक नगर्न सचेत गराएको थियो।
फेरि, त्यस्तै खालको गीत गाएपछि प्रहरी प्रधान कार्यालयले नै ‘एक्सन’ मा जान साइबर ब्यूरोलाई निर्देशनात्मक पत्र लेखेको हो।





























प्रतिक्रिया