भेटवार्ताका विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

भेटवार्ताका विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन, कपिलवस्तुले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता उपाध्यायले रअ प्रमुखले नेपालको अन्तररााष्ट्रिय हैसियत र कूटनीतिमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक तहको भेटघाट गर्नु गम्भीर विषय भएको टिप्पणी गरे ।

यही कात्तिक ६ गते प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा आएका रअका प्रमुख सामन्तकुमार गोयलले भेट गरेका थिए ।

Logo