आज नागपन्चमी हामी धेरैले नागको पूजा गरेका छौं। यसै अवसरमा हामी एक १५ वर्षका एक किशोरको कथा प्रस्तुत गर्दैछौं । जसलाई नागले ५ महिनाको अवधिमा ३५ पल्टसम्म डस्यो। तर उनी बाँच्न सफल भए ।
भारतको आगराबाट ७० किलोमिटर परको पिनाहटका १५ वर्षीय अनुप १० कक्षाका विद्यार्थी हुन् । सन् २०१६ सेप्टेम्बरमा उनलाई पहिलोपटक सर्पले टोकेको थियो । त्यतिबेलै उनको उपचार भयो ।

तर, लगत्तै सर्पदंगको शृंखला सुरु भयो । प्रत्येक महिना उनलाई कम्तिमा सर्पले टोक्न थाल्यो ।
उनका बाबु राजकुमारका अनुसार कहिले उनलाई सुतेका समय त कहिले काम गर्दै गरेका समयमा सर्पले टोक्ने गरेको थियो । हुँदा हुँदा एकपटक टावेलले हात पुछ्न खोज्दा टावेलमा लुकिराखेको सर्पले टोक्यो ।
सर्पले टोक्न थालेपछि उनलाई परिवारले रातदिन आफ्नो साथमा राख्ने गरेको थियो । तर यस्तो अवस्थामा पनि उनलाई सर्पले टोकेको हुन्थ्यो । परिवारका सदस्य एकछिन बाहिर निस्किएका बेला उनी सर्पको शिकार बन्थे ।
सर्पले टोक्ने क्रम बढ्दै गएपछि उनका बाबु आमाले पूर्वजन्मको बदला हुनसक्ने उपाय लगाए । त्यसपछि अनुपलाई एउटा बाबाजीकोमा लगियो ।
बाबाजीले पूर्वजन्ममा सर्प र अनुपको दुश्मनी रहेको बताए ।
त्यसपछि बाबाले भने जसरी अनुपले खेतमा सर्पका सामुन्ने थाली बजाएर पहिलो जन्मका गल्तीहरुलाई माफी गरिदिन आग्रुह गरे । उनले सर्पको नाममा केही दान समेत गरे । यसपछि सर्पले उनको पिछा गर्न छाड्यो । पछिल्लो ४ महिनामा पनि अनुपले २ पटक सर्प देखेका छन् । तर सर्पले डसेको छैन ।
पिनाहट थाना क्षेत्रको अस्पतालका डाक्टर रत्नेश उपाध्याय यस क्षेत्रमा कालो माटो पाइने भएका कारण सर्प, बिच्छी लगायत प्रजातीहरु धेरै भेटिने बताउँछन् ।





























प्रतिक्रिया