केन्द्रबिन्दु संवाददाता । १० साउन, काठमाडौं ।
कुनै पनि कुरा ग्रहण गर्ने क्षमता सबैमा एकनास हुँदैन । तर, ग्रहण गर्ने क्षमता मात्र होइन, पढाउने वा बुझाउने विधिमा पनि कमजोरी हुन्छ । कुनै पनि कुरा पढाउदा, बुझाउदा कसरी प्रभावकारी हुन्छ भन्ने कुरामा हामीले ख्याल गर्नुपर्छ ताकि बच्चाले त्यसलाई सहजै स्मरण गर्न सकोस् ।
भिजुअलाइज गर्ने प्रयास गरौं
कुनै पनि कुरा स्मरणीय बनाउन एवं सहजै ग्रहण गर्नका लागि राम्रो तरिका हो, भिजुअलाइज गर्नु । जुन कुरा हामी बच्चालाई पढाउन वा बुझाउन खोज्छौं, त्यसलाई सदृश्य प्रस्तुत गर्नुपर्छ । बच्चाको दिमागमा त्यसको तस्बिर बनाउन सकिन्छ, जुन उसले पढ्ने कोसिस गरिरहेको हुन्छ । यसका लागि भिजुअल गेम्स, प्ले कार्ड्स जस्तै कुनै पनि चिजको सहारा लिन सकिन्छ । हरेक कुरा बुझाउ“दा बच्चाको मस्तिष्कमा त्यसको तस्बिर उतार्ने प्रयास गर्नुपर्छ ।
उसलाई पढाउन दिनुहोस्
बच्चाहरू आफूभन्दा ठुलाको नक्कल गर्न खोज्छन् । उनीहरू शिक्षकजस्तै बनेर पढाउने अभ्यास पनि गर्छन् । यसलाई अभिभावकले थप प्रेरित गर्नुपर्छ । बच्चालाई शिक्षक जस्तै बन्न दिने र उसले जानेको कुरा पढाउने अभ्यास गराउनुपर्छ । पढाउने काममा अभ्यस्त हु“दै गएपछि अलि जटिल विषयमा पनि उसलाई पढाउन प्रेरित गर्नुपर्छ । जब उसले पढाउन थाल्छ, ठुलो स्वरले बोल्न लगाउने । बोर्डमा लेख्न लगाउने । साथै उसले पढाएको कुरा दोहो¥याउन लगाउने । यसले उसको स्मरण क्षमता बढाउ“छ ।
प्रश्न सोधौं
जब तपाईं बच्चाको साथमा रहनुहुन्छ, केही प्रश्न गर्नुहोस् । जस्तो कि, तिम्रो दिन कसरी बितिरहेको छ ? विद्यालयमा तिम्रो साथी को–को छन् ? आदि । उसले खाएको खानेकुरा वा लगाएको लुगाको बारेमा पनि प्रश्न गर्नुहोस् । अघिल्लो हप्ता उसले सबैभन्दा मीठो खानेकुरा के खाएको थियो ? वा उसको रमाइलो क्षण कुन थियो ? जस्ता प्रश्नले पनि उसको स्मरण शक्ति बढाउन मद्दत गर्छ ।
कलर कोड
कुनै पनि अक्षर चिनाउ“दा वा पढाउ“दा रंगको माध्यम अपनाएर स्मरणीय बनाउन सकिन्छ । अक्षरलाई भिन्दा–भिन्दै रंगले हाइलाइट गर्ने वा अन्डरलाइन गरेर पढाउ“दा उनीहरूले रंगको माध्यमबाट पनि सो कुरा स्मरण गर्न सक्छन् ।
जानकारीलाई टुक्रा–टुक्रा गर्ने
खानेकुरा जस्तै कुनै पनि जानकारीलाई स–सानो हिस्सामा बाँड्नुहोस् । जस्तो– कुनै पाठ, कथा, कवितालाई एकमुष्ठ पढाउनेभन्दा पनि स–सानो हिस्सामा विभाजन गरेर पढाउनु पर्छ । होमवर्कलाई पनि यसैगरी विभाजित गर्न सकिन्छ, ताकि उसले त्यसलाई सजिलै र लामो समयसम्म याद राख्न सकोस् ।































प्रतिक्रिया