कैलाली जनप्रतिनिधिको प्रथम जिल्ला सभा बैठक

कैलाली जनप्रतिनिधिको प्रथम जिल्ला सभा बैठक

केन्द्रबिन्दु
0
Shares

धनगढी, १० साउन । कैलाली जिल्लामा नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने प्रस्ताव नवनिर्वाचित जनप्रतिनिधिको बैठकले पारित गरेको छ । 

सोमबार यहाँ सम्पन्न जनप्रतिनिधिको प्रथम जिल्ला सभाले जिल्ला समन्वय समितिमा रहने सदस्यको संख्या टुङ्गो लगाएको हो । 

कैलालीका १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २६ सदस्य रहेको जिल्ला सभामा समन्वय समितिमा रहने सदस्यको संख्याका बारेमा एक मत नदेखिएपछि बहुमतका आधारमा संख्या निर्धारण गरिएको थियो । 

बैठकमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले समन्वय समितिको समन्वयकारी भूमिका मात्र रहने हुदा धेरै संख्या राखेर खर्च बढाउनुभन्दा कमै राख्न प्रस्ताव गर्नुभएको थियो तर एमाले, माओवादी र नेपाल लोकतान्त्रिक फोरमका प्रतिनिधिले भने धेरै जनसंख्या, ठूलो भौगोलिक वनावट र विभिन्न जातजातिलाई समेट्नु पर्ने भन्दै नौ सदस्यीय बनाउनु पर्ने धारणा राखेपछि बहुमतका आधारमा नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय पारित भएको हो । 

ज्येष्ठ सदस्य नवलसिं रावलको अध्यक्षतामा भएको जिल्ला सभामा प्रमुख र उपप्रमुख गरी नेकपा (एमाले)का १३, नेपाली काँग्रेसका छ, माओवादी केन्द्रका पाँच र फोरम लोकतान्त्रिकका दुई गरी २६ सदस्य सहभागी थिए । रासस 

Logo