केन्द्रबिन्दु संवाददाता । ९ साउन, काठमाडौं ।
विश्व प्रसिद्ध फेसन ब्रान्ड पोलिसको शो–रुम काठमाडौंको दरमार्गमा पनि खोलिएको छ ।
पोलिस ब्रान्डका सामग्रीहरु खरिद गर्न सहजहोस भन्ने उद्देश्यका साथ दरबारमार्गमा पनि सोमबारदेखि शो–रुम संचालन गरिएको हो ।
नेपालका लागि आधिकारिक बिक्रेता एसजी इन्टरनेशनल प्रालिले संचालनमा ल्याएको शो–रुममा पोलिस ब्रान्डका चश्मा, नाडी घडी, छालाका उत्पादनहरु जुत्ता, चप्पल, टिसर्टहरु राखिएको छ ।
सबै उमेर समूहका मानिसहरुको लागि आवश्यक सामग्रीहरुको व्यवस्था गरिएको शो–रुमको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले गर्नु भएको थियो ।





























प्रतिक्रिया