केन्द्रबिन्दु संवाददाता । ६ साउन, काठमाडौं ।
गतवर्षको तीजमा मगर्नीका सेलरोटी गीत गाएर लोकप्रियता बटुलेकि गायिका जानकी तारामी मगरले यो वर्ष मेयरनीको पोइ गाएर झनैं चर्चा कमाएकि छिन् । विगत एक सातादेखि युट्युब ट्रेन्डिङमा रहेको मेयरनीको पोई यो वर्षका हिट तीजगीतमा दरिने निश्चितप्राय भएको छ ।
एकसातामै करिब ४ लाख पटक हेरिसकिएको मेयरनीको पोइमा लोकप्रिय गायक पश्ुपति शर्मा र जानकी तारामी मगरको स्वर छ । युट्युब नेपाल टे«न्डिङमा २ दिन नम्बर वानमा रहेको यो गीतको भिडियो अहिले पनि टप फिफ्टीन भित्र नै छ ।
हालै सम्पन्न स्थानिय निकायको निर्वाचनलाई आधार बनाएर गायक पशुपति शर्माले तयार पारेको मेयरनीको पोइ गीतको लय गायक शर्माकै हो । यस्तै यसको भिडियोमा शर्मा र मगरले अभिनय गरेका छन् । सनराईज म्युजिकले बजार व्यवस्थापन गरेको गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन र छायाकंन गरेका हुन् ।
यो वर्ष जानकीले आधा दर्जन तीज गीत गाएको बताइन् । जसमध्ये केहिका म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् भनें केहि सार्वजनिक हुन बाँकी छन् । गणेशसिंह ठकुरी र जानकीको स्वर रहेको यो मनको राजा शिर्षकको गीतको भिडियो सार्वजनिक भइसकेको छ । यो गीतको शब्द अन्जली भन्डारीको हो भनें लय प्रेमसिंह ठकुरीको हो । तीन महिने सुई, बारुली कम्मर, तिजैको बेला लगायतका तीज गीत यो वर्ष गाएको उनले बताइन् ।































प्रतिक्रिया